Logo

माछापुच्छ्रे बैंकको नाफा साढे ३७ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

माछापुच्छ्रे बैंकको नाफा साढे ३७ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक बर्षको पहिलो तीन महिनामा आफ्नो नाफामा साढे ३७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले ३ महिनाको अबधिमा ३८ करोड ६९ लाख रुपैयाँ नाफा गर्दै गत आबको सोही अबधिको तुलनामा साढे ३७ प्रतिशतले नाफा बढाएको हो ।

सो अबधिसम्म आईपुग्दा बैंकले निक्षेप संकलन र कर्जा प्रबाह दुबैंमा वृद्धि गरेको छ । जसमा ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले ब्याज आम्दानी बढाएर ८४ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ छ।

बैंकको प्रतिसेयर आम्दानीमा वृद्धि भई १८ रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL