Logo

आईएलएफसिओको साधारण सेयर निष्काशन, अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइने

आईएलएफसिओको साधारण सेयर निष्काशन, अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ चैत,काठमाडौं । आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गरेको छ । माइक्रोफाइनान्सले सर्वसाधारणका लागि ४ लाख कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको साधारण सेयरमध्ये सामुहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि ८ हजार कित्ता छुट्याइएको छ ।

साधारण सेयरको निष्काशन सिभिल क्यापिटल मार्केटले गरेको हो । मंगलबारदेखि खुल्ला भएकोमा सोमवार ४० हजार भन्दा बढी सेयर वितरण भएको थियो । साधारण सेयरको आवेदन चैत २० गते शुत्रबार बन्द हुनेछ ।

सर्वसाधारणले प्रतिकित्ता १ सयका दरले न्यूनतम २० कित्तादेखी अधिकतम १ हजार कित्तासम्मको आवेदन दिन पाउने बताइएको छ । आवेदनका लागि सिभिल क्यापिटल ,आईएलएफसी फाइनान्सका देशभर रहेका शाखा तथा बागमती डेभलपमेन्ट बैंक सर्लाही र जनता बैंकको धनगढी शाखामा बुझाउन सकिने बताइएको छ ।
कम्पनीको चुक्ता पुँजी १० करोड रहेको छ ।

इन्टरनेशनल जिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको सहायक कम्पनीका रुपमा यो माइक्रोफाइनान्स स्थापना भएको हो । इन्टरनेशनल जिजिङको यो सस्थामा ६० प्रतिशत ६ करोड रुपैयाँ लगानी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL