Logo

लाहानमा सनराइजको नयाँ शाखा, शाखा संख्या ५२ पुग्यो

लाहानमा सनराइजको नयाँ शाखा, शाखा संख्या ५२ पुग्यो


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

laxmi

१५ चैत, काठमाडौं । सनराइज बैंकले सिराहाको लाहान बजारमा आफ्नो शाखा स्थापना गरेको छ । सो शाखाको बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उद्दघाटन गरे ।

यससँगै बैंकका शाखा संख्या ५२ पुगेका छन् । सो अवसरमा तातेडले लाहान क्षेत्रमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताए । स्थानिय स्तरमा निक्षेप संकलन गरी साना एवं मझौला व्यवसाय, हायर पर्चेज लगायत क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि शाखा विस्तार गरेको उनले जानकारी दिए ।

लाहान शाखाबाट त्यस क्षेत्रका ग्राहक, व्यवसायी तथा सर्वसाधारणहरुलाई बैंकिङ सेवाको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । शाखा उद्घाटन कार्यक्रममा चेम्बर अफ कमर्स लाहानका अध्यक्ष सुनिल कुमार महतो, स्थानिय व्यापारी तथा बासिन्दाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL