Logo

प्रभु र तीलगंगाबीच सम्झौता, देशभर आँखा शिविर सञ्चालन गरिने

प्रभु र तीलगंगाबीच सम्झौता, देशभर आँखा शिविर सञ्चालन गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ चैत,काठमाडौं । प्रभु बैंक र तीलगंगा आँखा केन्द्र काठमाडौंबीच देशका विभिन्न क्षेत्रमा आँखा शिविर संचालन गर्न सम्झौता भएको छ । प्रभुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा शिविर चलाउन अस्पताललाई सहयोग गर्ने भएको हो ।

बिहीबार एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र तीलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार चैतदेखि २०७२ मंसिरसम्म १० वटा शिविर सञ्चालन गरिने र ती शिविरमा आँखाको निःशुल्क परीक्षण एवं सामान्य उपचार गर्ने बताइएको छ । अपरेशन गर्नुपर्ने मध्ये १ सय जना बिरामीलाई अस्पतालमा निःशुल्क अपरेशनको व्यबस्था गर्ने छ ।

बैकले हरेक बर्ष ‘दृष्टि जोगाऔ, अन्धोपन घटाऔ’ नाराका साथ यस कार्यक्रमलाई अभियानको रुपमा निरन्तरता दिने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL