Logo

मुक्तिनाथले सिभिक बैंक किन्दै , सैद्धान्तिक सहमतिका लागि निवेदन दिइसकेको

मुक्तिनाथले सिभिक बैंक किन्दै , सैद्धान्तिक सहमतिका लागि निवेदन दिइसकेको


रामराजा श्रेष्ठ
0
Shares

१ चैत, पोखरा, । मुक्तिनाथ विकास बैंकले सिभिक डेभलपमेन्ट बैंक खरीद गर्ने भएको छ । पोखरामा प्रधान कार्यालय रहेको मुक्तिनाथले र धादिङमा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेण्टलाई प्राप्त गर्नका लागि सहमतिपत्रमा हस्ताक्षर भइसकेको ।

समझदारीपत्रमा हस्ताक्षर गरी नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिका लागि निवेदन दिएको मुक्तिानाथ बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जानकारी दिए ।‘संस्था प्राप्तिसम्बन्धी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेपश्चात् हाम्रो बैंकले राष्ट्रीयस्तरको विकास बैङकका रूपमा कारोबार गर्नेछ,’ उनले भने ।

हाल मुक्तिनाथ विकास चुक्ता पूँजी रू. ५९ करोड ९० लाख छ । त्यस्तै सिभिकको चुक्ता पूँजी रू. ५ करोड छ ।

मुक्तिनाथमा ४ सय ५० र सिभिकमा ५० जना कर्मचारी कार्यरत छन् । मुक्तिनाथका आधुनिक तथा सिमित बैंंककिङ गरी ४० शाखा छन् । त्यस्तै सिभिकको लघुवित्त कार्यालयसहित ८ शाखा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This