Logo

रावा बैंकका कर्मचारीले गरे स्वास्थ्य परीक्षण,ग्राहकलाई छिटो छरितो सेवा दिने उद्देश्य

रावा बैंकका कर्मचारीले गरे स्वास्थ्य परीक्षण,ग्राहकलाई छिटो छरितो सेवा दिने उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ फागुन,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘स्वस्थ कर्मचारी र मधुर मुस्कान सहितको सेवा’ नाराका साथ स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ ।

बैंकले आफ्नो स्वर्ण बर्षको अवसरमा यस्तो सेवा सञ्चालनमा ल्याएको हो । स्वास्थ्य परीक्षण सेवाको बैंक संचालक समितिका अध्यक्ष डा. रेवतबहादुर कार्कीले शुभारम्भ गरे ।

बैंकले ‘स्वर्ण बर्ष संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह समितिका संयोजक सुशील श्रेष्ठको संयोजनमा नोभस डाइग्नोस्टिक प्याथ ल्यावसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो । कार्यकममा बैंकका कामु नायव प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले स्वास्थ्य परीक्षणमा सहभागीहरुलाई आफनो स्वास्थ्य तन्दुरुस्त राखी बैंकका ग्राहकलाई मधुर मुस्कानसहित छिटो तथा छरितो सेवा दिन आग्रह गरे ।

बैंकले पहिलो चरणमा काठमाडौ उपत्यकाका आफ्ना कर्मचारीको स्वास्थ्य परीक्षण गराएको छ । त्यस्तै दोश्रो चरणमा मोफसलका केही स्वास्थ्य सेवा पहुँच अत्यन्त न्यून रहेका केही स्थानहरुमा सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL