Logo

साधनाको प्रथम वार्षिक साधारण सभा सम्पन्न, १:१ कित्ता हकप्रद निष्कासन पारित

साधनाको प्रथम वार्षिक साधारण सभा सम्पन्न, १:१ कित्ता हकप्रद निष्कासन पारित



काठमाडौं । गोरखास्थित साधना लघुवित्तले आफनोे प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न सो साधारणसभामा १ कित्ता बराबर १ कित्ता हकप्रद निष्कासन गर्ने प्रस्ताव पारीत गरेको हो । कम्पनीका अनुसार हकप्रद शेयर जारी पछि संस्थाको अधिकृत पूँजी १० करोड पुग्नेछ ।

यसका साथै हकप्रद निष्कासन पछि संस्थाको चुक्ता पूँजी ४ करोड नव्वे लाख र जारी पूँजी ७ करोड पुग्ने संस्थाले जानकारी दिएको छ । सो साधारण सभाले नयाँ सञ्चालक समिति पनि निर्वाचित गरेको छ ।

संस्थाले हालसम्म १५ वटा शाखा कार्यालय मार्फत ६ हजार ५ सय भन्दा बढि सदस्यहरुलाई समुहमा आबद्द गराई ३ हजार ऋणी सदस्य बाट २८ करोड कर्जा लगानी गरेको छ । साथै ३ करोड ५० लाख असुली गरेको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL