Logo

एसबिआई बैंकले ल्यायो ३ नयाँ योजना, ५ सय १ मा खाता खोल्न सकिने

एसबिआई बैंकले ल्यायो ३ नयाँ योजना, ५ सय १ मा खाता खोल्न सकिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१४ फागुन, काठमाडौं । नेपाल एसबिआई बैंकले ३ नयाँ बचत योजना ल्याएको छ । बैंकले एनएसबिएल बाल बचत खाता, कर्णधार बचत खाता र एनएसबिएल कोम्बो सेभिङ स्किम संचालनमा ल्याएको हो । बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै स–साना बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धी गर्ने उद्देश्यले यी बचत योजनाहरु प्रचलनमा ल्याईएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार बालबालिकाहरुलाई सानै देखि पैसाको महत्व बुझाई भबिष्यका लागि बचत गर्ने बानी बसाउनका लागि ‘बचत गर्ने असल बानी सानै देखि सिकौ है बाबु–नानी !’ भन्ने चेतनामुलक नारा सहित यी योजनाहरु ल्याइएको हो । एनएसबिएल बाल बचत खाता तथा कर्णधार बचत खाता न्यूनतम रु. ५ सय १ मा खाता खोल्न सकिने र दैनिक मौज्दातमा ३ प्रतिशतका दरले ब्याज हरेक तिन–तिन महिनामा खातामा जम्मा हुनेछ ।

खातामा निःशुल्क मोवाईल बैंकिङ, निःशुल्क ईन्टरनेट बैंकिङ तथा ए.टि.एम. कार्ड जारी गर्दा बिशेष छुट हुने छ । यसका साथै बाबु–आमा÷अभिभावकको खाताबाट एनएसबिएल बाल बचत खाता तथा कर्णधार बचत खातामा रकम रकमान्तर गर्ने निर्देशन दिदा छुट प्रदान गरिने छ । एनएसबिएल बाल बचत खातामा नावालकको हकमा बाबु–आमा÷अभिभावकले सञ्चालन गर्न सकिने छ भने कर्णधार बचत खाता नावालक स्वयम्ले सञ्चालन गर्न सक्नेछन् ।

एनएसबिएल कोम्बो सेभिङ स्किम बैंकको साधारण बचत खाता तथा मोबाईल बैंकिङ सेवाको मिश्रित रुप रहेको सुन्य मौज्दातमा खोल्न सकिने खाता हो । यस खातामा ग्राहकहरुले निःशुल्क ईन्टरनेट बैंकिङ सुविधाका साथै साधारण बचत खातामा भन्दा थप व्याज प्राप्त गर्नेछन् ।

बैंकले हाल ५६ शाखा, ६ एक्श्टेन्शन काउण्टर, ३ क्षेत्रीय कार्यालय र एक मुख्य कार्यालय गरी ६६ कार्यलयहरु र ७८ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL