Logo

एक जिल्ले विकास बैंक र फाइनान्सलाई राष्ट्र बैंकको राहत

एक जिल्ले विकास बैंक र फाइनान्सलाई राष्ट्र बैंकको राहत


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीलाई चुक्ता पूँजी पुर्याउने समय थप गरेको छ । राष्ट्र बैंकले मंगलबार एक दिर्नेशन जारी गर्दै साढे २ बर्ष थप गरेको छ ।

जस अनुसार अब एक जिल्ला कार्यक्षेत्र भएका ख बर्गका विकास बैंकर ग बर्गका फाइनान्स कम्पनीलाई २०७६ पुस मसान्तसम्म चुक्ता पूँजी बृद्धिको लागि समय थप गरिएको छ ।

राष्ट्र बैंकले यस अघि २०७४ असार मसान्तभित्र चुक्ता पूँजी बृद्धि गरी तोकिएको सिमा पुर्याउन दिर्नेशन दिएको थियो । त्यसरी बृद्धि गर्दा २५ गुणासम्म चुक्ता पूँजी बढाउन पर्ने भएकाले तत्काललाई समय थप गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त निर्देशनले चुक्ता पूँजी बृद्धिका लागि कसरत रहेका बैंक फाइनान्सलाई राहत मिलेको छ ।

तर सो समयाबधि भित्र पनि चुक्ता पूँजी नपुर्याए तोकिए बमोजिम कारबाही गरिने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL