Logo

एनबीआई र पिएनबी आईआईटीबीच सम्झौता, बैंकिङ प्रविधिसम्बन्धी तालीम प्रदान गरिने

एनबीआई र पिएनबी आईआईटीबीच सम्झौता, बैंकिङ प्रविधिसम्बन्धी तालीम प्रदान गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई र पँजाब नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजी (पिएनबी आईआईटी) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतको लखनऊ शहरमा स्थित यस ईन्ष्टिच्युट, बैंकिङ सम्बन्धि सुचना तथा प्रविधि अन्तरगतका विभिन्न तालिमहरु प्रदान गर्ने एक अग्रणी संस्था हो । सम्झौता अनुसार, एनबिआईले नेपाली बैकिङ क्षेत्रलाई आवश्यक हुने बैकिङ प्रविधि, साइबर सेक्युरिटी डिजिटाइजेशन तथा यस्ता अन्य तालिमहरु पिएनबी आईआईटीबाट उपलब्ध गराउन सक्ने छ ।

तालीमबाट बाट बैंक हरुको सुचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृधि गर्न निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा पिएनबी आईआईटीका निर्देशक दिभ्याङ् र स्तोगी र एनआईवीका प्रमुख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL