Logo

एनबीआइले सन २०२२ डिसेम्बरमा चौंथो जिम्मेवार व्यवसाय सम्मेलन गर्ने, पन्ध्रौं वार्षिक साधारण सम्पन्न

एनबीआइले सन २०२२ डिसेम्बरमा चौंथो जिम्मेवार व्यवसाय सम्मेलन गर्ने, पन्ध्रौं वार्षिक साधारण सम्पन्न



काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल एनबीआइले सन २०२२ डिसेम्बरमा चौंथो जिम्मेवार व्यवसाय सम्मेलन गर्ने भएको छ । एनबआिइको काठमाडौँमा समपन्न पन्ध्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रले राष्ट्रको आर्थिक सुदृढिकरणमा अहम भूमिका खेलेको बताए । संस्थालाई स्थापना कालदेखि नै शान्ति सुव्यवस्था कायम गर्न, जिम्मेवार व्यवसाय तथा उद्यमशीलता प्रबर्द्धन गर्न, व्यसाय गर्न सहज वातावरण निर्माणका लागि आवश्यक नीति तथा कानूनको व्यवस्थाका लागि पहल गर्न विगतको डेढ दशकसम्म साथ दिनुभएकोमा खसी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि यसैगरी सहयोग र सहकार्य गरिदिन अनुरोध गरे ।

कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख अतिथि राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रका साथीहरुलाई आ(आफ्नो क्षेत्रमा भएका समस्या र अप्ठ्याराहरुलाई अघि सार्न र त्यसको समाधान, सहजीकरण तथा आवश्यक नितीगत व्यवस्था गरी समावेशी सामाजिक तथा आर्थिक विकासमार्फत देशको अर्थतन्त्रलाई मजबूत बनाउन निजी क्षेत्रसँग हातेमालो गर्न आफू सदैव तत्पर रहेको प्रष्ट पारे । उनले राष्ट्रिय व्यवसायिक पहलले गर्दै आएका कार्यहरुलाई आफूले नजिकबाट नियालिरहेको तथा आजसम्म गरेका प्रशंसनिय कामहरुप्रति कृतज्ञता ज्ञापन गरे।

संस्थाका महासचिव सुरेन्द्रवीर मालाकारले आर्थिक वर्ष २०७७र७८ को प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले आयोजना गर्दै आएको ‘राष्ट्रिय जिम्मेवार व्यवसाय सम्मेलनड को चौथो संस्करण सन् २०२२ को डिसेम्बरमा गर्ने योजना अघि सारे । यसका अलावा संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै कोमिड १९ को महामारीसँग जुइन अक्सिजन प्लान्ट अस्पतालहरुलाई वितरण गरिएको विवरण प्रस्तुत गरे ।

वर्षभर गरेका विकास परियोजना अन्तर्गतका मानव बेचविखन विरुद्धको अभियान, महामारीले थलिएका साना, घरेलु सुक्ष्म तथा मझौला व्यवसायको पुनरोत्थानका लागि आवश्यक नीतिगत सुधार तथा व्यवस्था समेटिएको अध्ययन तथा रणनिती कार्यस्थलमा हुने हिंसा तथा दुर्व्यवहार सम्बनधी आचारसंहिता तथा सामाजिक सुरक्षा कोष सम्बन्धी कार्यशाला गोष्ठी लगायतका क्रियाकलापका बारेमा प्रष्ट पारे । उनले हालैमात्र संस्थाले प्रदेश नं १ केन्द्रित विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन सम्बन्धी परियोजनाका बारेमा समेत संक्षिप्त जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष दिपक कुमार मलहोत्राले आर्थिक वर्ष २०७७र७८ को आर्थिक प्रतिवेदन पेश गरे । सभले महासचिव र कोषाध्यक्षले पेश गरेको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

कार्यक्रमको अन्त्यमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष पद्म ज्योतिले सफल व्यवसाय विना सफल समाज बन्न नसक्ने तथा सबल समाज बिना व्यवसाय सबल बन्न नसक्ने मूल मन्ललाई अंगिकृत गर्दै राष्ट्रिय व्यवसायिक पहलले पन्ध्र वर्षको यात्रा पूरा गरेकोमा खुसी व्यक्त गरे । ज्योतिले सम्पूर्ण निजी क्षेत्रले सहज व्यावसायिक वातावरणको निर्माण गर्नमा लानुपर्नेमा जोड दिँदै उपस्थित सहभागी तथा अतिथीमा धन्यवाद ज्ञापन गरेर सभाको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL