Logo

एचएण्डबीले नाम परिवर्तन गर्दै, अध्यक्षमा पून ः पराजुली

एचएण्डबीले नाम परिवर्तन गर्दै, अध्यक्षमा पून ः पराजुली


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२९ माघ,काठमाडौं । एच एण्ड बी डेभलपमेन्ट बैंक अब पावर डेभलपमेन्ट बैंक बन्ने भएको छ । बैंकको बुधवार सम्पन्न नवौं बार्षिक साधारण सभाले नाम र लोगो परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव राष्ट्र बैंकलगायत नियामक निकायबाट पारित हुन भने बाँकी रहेको बताइएको छ ।

नियामक निकायले पारित गरे पछी नयाँ नाममा सञ्चालन गर्न पाउने प्रावधान छ ।

नयाँ नाम तथा व्यवस्थापनसहित सञ्चालन गर्ने उद्देश्यका साथ ना परिवर्तन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानकृष्ण अधिकारीले बताए ।

बैंकको सो साधारण सभाले सुशिलराज पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पराजुली पून अध्यक्षमा निर्विरोध चयन भएका हुन् । सभाले पराजुलीसहित चार संस्थापक र दुई शेयरधनी गरी ६ जना सञ्चालक पनि चयन गरेको छ ।

जसमध्ये संस्थापक समूहबाट सुशीलराज पराजुली,मृेखबहादुर गुरुङ,केदारमान कर्माचार्य रराजेशकुमार अगैवाल छन् ।

त्यस्तै सर्वसाधारण सेयरधनीका तर्फबाट प्रेमराज तिवारी र अजयकुमार सरावगी रहेको बताइएको छ । सभाले बैंक तथा वित्तीय संस्थामा गाभ्ने तथा गाभिने प्रस्ताव पनि पारित गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL