Logo

जनताको नयाँ शाखा रसुवामा, चीनसँगको व्यापार सहज बनाउने दावी

जनताको नयाँ शाखा रसुवामा, चीनसँगको व्यापार सहज बनाउने दावी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

२५ माघ, काठमाडौं । जनता बैङक नेपालले आइतवारबाट रसुवामा नयाँ शाखा स्थापना गरेको छ । बैंकले रसुवाको टिमुरेमा आफ्नो ३३ औं शाखा स्थापना गरेको हो ।

बैङकको सो शाखाले स्थानीयस्तरमा सेवा दिनुका साथै रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारिक कारोबारमा समेत सहयोग पुर्याउने  विश्वास लिइएको छ ।

बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म १० करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले हालसम्म ३२ ओटा शाखा, २ ओटा एक्सटेन्सन काउण्टर र २७ ओटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

चुक्तापूँजी २ अर्ब ६ करोड रहेको यस बैङकले हालसम्म २१ अर्व ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले १८ अर्व ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हालसम्म १ लाख १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिएको छ । साथै निकट भविष्यमै दाङको घोराहीमा समेत शाखा स्थापनाको तयारी गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL