Logo

राबाबैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम, बैंक सञ्चालकलाई नै वित्तीय साक्षरता दिनुपर्ने गर्भनरको भनाइ

राबाबैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम, बैंक सञ्चालकलाई नै वित्तीय साक्षरता दिनुपर्ने गर्भनरको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० माघ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई नै वित्तीय साक्षरता दिनुपर्ने बताएका छन । बैंक तथा वित्तीय संस्था सम्बन्धी सामान्य ज्ञान भएका व्यक्ति पनि सञ्चालक भएको बताउँदै सयौ सञ्चालकलाई वित्तीय साक्षरताको खाँचो भएको खतिवडाले बताए ।

सामान्य मानिसलाई चाहिनेभन्दा बैंकका सञ्चालकहरुलाई अलि माथिल्लोस्तरको वित्तीय साक्षरता दिनुपर्ने आवश्कयता महशुस गरेको खतिवडाले बताए । ‘त्यस्तो साक्षरतामा राष्ट्र बैंक नै अघि बढ्छ,’ मंगलबार राजधानीमो राष्ट्रिय वाणिज्य बैंकले सुरु गरेको वित्तीय साक्षरता अभियानको उद्घाटन गर्दै उनले भने, ‘तर, वित्तीय क्षेत्रमा नयाँ र प्राविधिक शब्दहरुको विकास हुने भएकाले सिक्नका लागि कसैले पनि लाज मान्नु हुँदैन ।’

खतिवडाले वित्तीय पहँुच विस्तार गर्न, वित्तीय स्थायित्व कायम गर्न, समावेसी वित्तीय क्षेत्रको विकास गर्न र वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउन वित्तीय साक्षरताको आवश्कयता रहेको बताए । वित्तीय स्थायित्वबिनाको साक्षरताको कुनै अर्थ नरहेको समेत उनको भनाई थियो ।
वित्तीय साक्षरता वित्तीय क्षेत्रको क, ख पढाउने मात्रै हुनुहुने बताउँदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँगको सहभागितामूल साक्षरता अभियान सञ्चालन गर्न चाहेको उनले जानकारी दिए ।

उनका अनुसार वित्तीय क्षेत्रका अंगकारुपमा रहेका बीमा र पूँजी बजारको साक्षरता अभियान पनि सँगसँगै चलाउनुपर्नेछ । बैंकिङ क्षेत्रको साक्षरताले मात्रै वित्तीय स्थायित र समावेसीता हुन नसक्ने उनको भनाइ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले वित्तीय साक्षरता कार्यक्रम बैंक सुधारका ११ बुँदा अन्र्तगत रहेको जानकारी दिँदै पहिलो चरणको अभियान कास्की, धनुष र नवलपरासी जिल्लामा सञ्चालन गरिने जानकारी दिए ।

यसै साता आफ्ना ८० वटा एटीएम काउन्टरहरुमा एटिएम प्रयोग लगायतका बिषयमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । एटीएम मेसिन अघि कर्मचारी बसेर ग्राहकलाई चेतना दिने कार्ड सप्ताह मनाउने उनले जानकारी दिए ।

हाल बैंकले स्वर्ण जयन्ती मनाइरहेको छ । बैंकले हाल १ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको शर्माले जानकारी दिए । यस अवधिमा बैंकले ७८ करोड रुपैयाँ नाफा कमाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL