Logo

एनबीको नाफा ३३ करोड, कर्जा प्रवाहमा उच्च बृद्धि

एनबीको नाफा ३३ करोड, कर्जा प्रवाहमा उच्च बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१५ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँले बृद्धि हो । बैंकले गत आवमा २७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले ब्याज आम्दानी र तथा खराव कर्जा उठौतीबाट नाफा बढाएको छ । बैंकले पुस मसान्तसम्म ४६ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै बैंकले कर्जा निक्षेप अनुपात पनि बढाएर ७८ दशमलव ४३ प्रतिशतमा पु¥याएको छ । बैंकको गत आवमा सो अनुपात ६० दशमलव ५० प्रतिशत मात्र रहेको थियो ।

बैंकले हालसम्म २७ अर्व २० करोड निक्षेप संकलन गरेको छ भने २३ अर्व ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL