Logo

आइएमई रेमिटले मनायो १७औं बार्षिकोत्सव, रेमिट्यान्स सेवालाई प्रविधिमैत्री बनाइने

आइएमई रेमिटले मनायो १७औं बार्षिकोत्सव, रेमिट्यान्स सेवालाई प्रविधिमैत्री बनाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईल आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव मनाएको छ । ‘१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको’ भन्ने मूलनाराका साथविविधकार्यक्रमको आयोजना गरेर मनाएको हो ।

सो अबसरमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०६औँ अधिवेशनमा भाग लिन जेनेभामा छन् । उनले भिडियो मार्फत पठाएका थिए ।

वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीहरू मध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जनालाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो । प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गरे । साथै आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफुलगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताए ।

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए ।

साथै कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL