Logo

एनसीसी बैंकको नाफा ९ करोड बढ्यो, खराव कर्जा घट्यो

एनसीसी बैंकको नाफा ९ करोड बढ्यो, खराव कर्जा घट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१३ माघ, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एसीसी बैंकले नाफा बढाएको छ । गत आवको पुस मसान्तसम्ममा बैंकले कुल १५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएकोमा चालू अवाको सोही अवधिमा बढेर २४ करोड ८७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा झण्डै ९ करोड रुपैयाँले बढी हो ।

बैंकले खराव कर्जा झण्डै ९ करोड रुपैयाँ उठाएपछि बैंकको नाफामा बृद्धि भएको हो । बैंकले ब्याज आम्दानी पनि बृद्धि गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि घटेको छ । गत आवको सोही अवधिमा एनपीएल २ दशमलव ४६ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव २१ प्रतिशत मात्र रहेको छ ।

बैकले हालसम्म २२ अर्व ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकद्वारा जारी त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ । बैंकको कर्जा निक्षेप अनुपात ७८ दशमलव ०५ प्रतिशत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL