Logo

भिवोरले कमायो ९ करोड ७५ लाख नाफा, शाखा विस्तारको तयारी

भिवोरले कमायो ९ करोड ७५ लाख नाफा, शाखा विस्तारको तयारी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

१०  माघ, काठमाडौं । भिबोर विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ७५ लाख मुनाफा गरेको छ । बैंकले  शुक्रवार आयोजना गरेको  पत्रकार सम्मेलनमा  उक्त जानकारी दिइएको हो ।

सो अवधिमा बैंकले ४ अर्व निक्षेप संकलन गर्नुका साथै ३ अर्ब २७ करोड कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ४ दशमलव ४ प्रतिशतमा सिमित भएको बैंकले जानकारी दिएको छ ।

बैंकले विगत ४ बर्षदेखि निरन्तर नोक्सानी वेहोर्दै आइरहेको थियो । बैंकले आगामी दिनमा शाखा विस्तार तथा अन्य वित्तीय संस्थासँगको मर्जर तथा रणनीति साझेदार भित्र्याउ तयारी गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL