Logo

विश्व विकासको नाफा साढे ८ करोड, मर्जर प्रक्रिया समेत अघि बढ्यो

विश्व विकासको नाफा साढे ८ करोड, मर्जर प्रक्रिया समेत अघि बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ माघ, काठमाडौं । विश्व विकास बैंकले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा ८ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य बृद्धि भएको बैंकले बताएको छ ।

बैंकले पौष मसान्तसम्म ४ अर्व १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व ६९ करोड कर्जा प्रवाह गरेको छ ।

झण्डै ७ बर्ष अघि स्थापना भएको बैंकको प्रधान कार्यालय सहित १४ वटा शाखा कार्यालय रहेको रहेको छ भने ११ ठाउँबाट एटीएम सेवा दिँदै आएको छ । बैंकले फेवा फाइनान्ससँग मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर प्रक्रिया समेत अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL