Logo

काष्ठमण्डपको कामु सिइओमा रेग्मी, राजभण्डारीको पदावधि सकियो

काष्ठमण्डपको कामु सिइओमा रेग्मी, राजभण्डारीको पदावधि सकियो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा उमेश रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैंठकले रेग्मीलाई माघ १ गतेदेखि लागु हुनेगरी कामु सिइओको जिम्वेवारी दिएको हो ।

बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार राजभण्डारीको पदावधि पुस समान्तमा सकिएपछि रेग्मीलाई उक्त जिम्मेवारी दिइएको हो । रेग्मी यस अघि बैंकको नायव महाप्रबन्धक पदमा कार्यरत थिए ।

काष्ठमण्डप डेभलपमेन्ट बैंक र शिखर फाईनान्स एक आपसमा गाभिएपछि रेग्मी बैंकको नायव महाप्रबन्धक भएका हुन । रेग्मीको बैंकिङ्ग क्षेत्रसम्बन्धी ११ वर्षभन्दा बढीको अनुभव रहेको छ । रेग्मीसँग शुभलक्ष्मी फाईनान्स, तत्कालिन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स कम्पनी समेतमा काम गरेको अनुभव रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL