Logo

सिटी बैंकले साढे ८ लाख नाफा गर्यो , थप चार शाखा संचालन गर्दै

सिटी बैंकले साढे ८ लाख नाफा गर्यो , थप चार शाखा संचालन गर्दै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१ माघ, काठमाडौं । सिटी डेभलपमेण्ट बैङकले चालू आर्थिक वर्षको ६ महिनामा ८ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । पोखरामा प्रधान कार्यलय रहेको सो बैंकको चुक्ता पूँजी ४६ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

बैंकले सो अवधिमा ४ अर्ब ३३ करोड निक्षेप सङ्कलन गरेको थियो भने ३ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

पोखरामा प्रधान कार्यालय रहेको बैंकले १३ वटा शाखा कार्यलयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा थप ४ शाखा संचालन गर्दैछ । बाग्लुङको कुश्मीसेरा, कास्कीको लामाचौर, नारायणगढको मालपोतचोक र तनहुँको बन्दीपुरमा तत्कालै शाखा संचालनमा ल्याइने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL