Logo

मेगा बैंकलाई मर्जरको बाटो खुल्यो, १२ प्रतिशत बोनश सेयर पारित

मेगा बैंकलाई मर्जरको बाटो खुल्यो, १२ प्रतिशत बोनश सेयर पारित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ पुस, काठमाडौं । मेगा बैंकको साधारण सभाले मर्जरसम्बन्धी नीति पनि पारित गरेको छ । बैंकको आज भएको चौंथो वार्षिक साधारण सभाले उक्त नीति पारित गरेको हो । उक्त नीति परितसँगै बैंकको मर्जरका लागि बाटो खुलेको छ । आगामी दिनमा संस्थामा मर्जर वा एक्विजिसनका लागि प्रस्ताव आएमा सोको प्रक्रिया अगाडि बढाउन साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।

बैंकको साधारण सभाले सेयरधनीलाई १२ प्रतिशत बोनश सेयर दिने प्रस्ताव समेत पास गरेको छ । यसैगरी, बोनश सेयर बापत लाग्ने कर रकम वापत जिरो दशमलव ६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आर्थिक बर्ष २०७०/७१ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको कूल चुक्ता पुँजीको १२ प्रतिशत अर्थात २७ करोड ९६ लाख रुपैयाँ बोनस सेयर  बितरण गरेको हो । यस्तै, कर प्रयोजनका लागि १ करोड ४७ लाख रुपैयाँ नगद लाभांस दिएको छ । बैंकले गतबर्ष पहिलो पटक ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

mega-bank
बैंकले गत आर्थिक बर्ष ३० करोड ५५ लाख रुपैंया खुद मुनाफा गर्न सफल भएको थियो । सोही अवधिमा कुल निक्षेप ४ अर्ब ६१ करोडले बृद्धि भई १७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै, कर्जा प्रवाह ३ अर्ब १५ करोडले बृद्धि भई १४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
बैंकले साना तथा मझौला उद्योग/व्यवसायहरु एवं विपन्नवर्ग तर्फको लगानीलाई बढाउँदै अधिकेन्द्रित कर्जा जोखिमलाई समेत न्यून गर्दै आएको छ । विपन्न वर्ग तथा लघुवित्त अन्तर्गत बैंकले १४ हजार भन्दा बढी ग्राहकहरुलाई कर्जा प्रदान गरिसकेको छ । रियल स्टेटमा बैंकको लगानी २ दशमलव ६३ प्रतिश तमात्रै छ । साना तथा मझौला उद्योग तथा व्यवसायलाई प्राथमिकता दिँदै त्यसतर्फ बैंकको लगानीलाई बृद्धि गरिएको मेगा बैंकले जनाएको छ । बैंकको ग्राहकसंख्या १ लाख २९ हजार छन् । यसैगरी, चालू आर्थिक बर्षको प्रथम त्रैमासमा बैंकले ८ करोड नौ लाख खुद मुनाफा आर्जन गरेको छ ।

हाल बैंकको देशभरका २८ वटा शाखा तथा ४७ स्थानमा ब्राञ्चलेस बैंकिङ मार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ । बैंकको देशभर १ हजार १ सय ७६  स्थानमा आफ्नै रेमिट्यान्स प्रणाली रहेको छ ।

नेपाली अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै बैंकका अध्यक्ष प्रा.डा मदन दाहालले समष्टिगत आर्थिक सूचकाङ्कको आधारमा वित्तीय क्षेत्रमा अत्याधिक तरलताको चापले निक्षेपमा नकरात्मक ब्याजदर रहेपनि तीव्र प्रतिस्पर्धाका बीच बैंकलाई सवल र सक्षम बनाउन सफल भएको बताए ।

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मेगा बैंकको प्रगतिको रफ्तार अब झन दु्रत गतिमा हुने बताए । ‘संचालनको पहिलो बर्षदेखिको निरन्तर नाफा, ग्राहक संख्या, सेयर निष्काशनमा देखिएको आकर्षण र समष्टिगत वित्तीय सूचकाङ्कको आधारमा समेत मेगा बैंकको हैसियत राम्रो रहेको छ,’ उनले भने, ‘छोटो समयमा नै बैंकले वित्तीय बजारमा छुट्टै पहिचान कायम गरी विश्वासनीयता आर्जन गरेको छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL