Logo

एनएमबि बैंकद्धारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्धारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन



काठमाडौं । एनएमबि बैंक लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला माछापुछ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी रु.४६ करोड ३३ लाख २५ हजार रहनेछ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका थिए । कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समय सीमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन् । उनले यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यसै गरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुछ्रे गाउँपालिकामा प्रबद्र्वित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्