काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बैंकका विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गररएको छ । एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरूमार्फत प्रोफेसनल बचत खाता खोली १० लाख रुपैयाँको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।