काठमाडौं । सानिमा बैंक र ललितपुरस्थित सफायर एसथेटिक्स प्रालिबचि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्स प्रालि कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको हो ।
सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ क्युआर स्क्यान प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।