Logo

बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड

बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड



काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

गभर्नर डा. पौडेललाई बधाई तथा शुभकामना प्रदान गर्दै संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झैँ नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् ।

नव नियूक्त गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएकाे योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्