Logo

गृहले भन्यो-आज देशभर सार्वजनिक बिदा नै हो, सम्भव भएमात्रै सेवा दिनु

गृहले भन्यो-आज देशभर सार्वजनिक बिदा नै हो, सम्भव भएमात्रै सेवा दिनु



काठमाडौं । गृह मन्त्रालयले आज देशभर सार्वजनिक विदा कायमै रहेको जानकारी दिएको छ । मन्त्रालयले बिदा कायमै रहेको र सम्भव भएमात्रै सेवा दिन आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

गृह मन्त्रालयले आइतबारै विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो । मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आइतबार जारी गरेको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ ।

यही असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्