Logo

प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा विशेष छुट

प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा विशेष छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटलबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्नेगरी उक्त सम्झौता भएको हो ।

मिति २०८२/०१/०२ गते एक समारोहका बीच गोरखा गार्डन होटलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवँर, र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिडरक्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This