Logo

चैतको लागि वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.९३ प्रतिशत कायम, अधिकांश बैंकको ब्याज यथावत

चैतको लागि वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.९३ प्रतिशत कायम, अधिकांश बैंकको ब्याज यथावत



काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेप ब्याजदर घटाउने क्रमलाई ब्रेक लगाउँदै धेरैजसो बैंकले चैतका लागि फागुनको तुलनामा यथावत व्याजदर सार्वजनिक गरेका छन् । नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ बैंकले चैतका लागि भन्दै फागुनको तुलनामा ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेका हुन् ।

तर, कुमारी बैंक भने अपवाद बन्यो। फागुनमा ५.९१ प्रतिशत ब्याज दिँदै आएको कुमारीले चैतमा दर बढाएर ६.०१ प्रतिशत पुर्‍याएको छ। अर्कोतर्फ, हिमालयन बैंक र सिटिजन्स बैंकले ब्याजदर घटाएका छन्।

नेपाल बैंकले पनि ब्याजदर ५.६ बाट ५.५ प्रतिशतमा ल्याएको छ भने हिमालयन बैंकले झन् ठूलो कटौती गर्दै ६.२५ बाट ५.५ प्रतिशतमा झारेको छ। सिटिजन्स बैंकले संस्थागत निक्षेपमा ब्याज घटाएको छ भने लक्ष्मी सनराइज बैंकले पनि ब्याजदर घटाउने निर्णय गरेको छ।

यसैबीच, वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर ५.९३ प्रतिशतमा झरेको छ, जुन फागुनको तुलनामा ०.०८ प्रतिशत बिन्दुले कम हो।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This