Logo

बैंकर रविनालाई अन्तरराष्ट्रिय अवार्ड प्रदान, अवार्ड लिन नेपाली झण्डा सहित उपस्थित

बैंकर रविनालाई अन्तरराष्ट्रिय अवार्ड प्रदान, अवार्ड लिन नेपाली झण्डा सहित उपस्थित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तरराष्ट्रिय अवार्ड ग्रहण गरेकी छिन् ।

इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहकाबीच उनलाई ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो । अवार्ड वितरण समारोहमा उनी नेपाली झण्डासहित उपस्थित भएकी थिइन । गत कात्तिकमै घोष्णा गरिएको सो अवार्ड सोमबार एक कार्यक्रम गरी प्रदान गरिएको हो ।

Raveena-Deshraj-Shrestha-Award2(1) 1

अवार्डका लागि मनोनयनमा परेका एसियाका ६ सय १३ जना महिलामध्ये उनी २० जना भित्र छानिएकी थिइन । अवार्डका लागि २७ वटा राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । बैंकिङ क्षेत्रका साथै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएको भन्दै श्रेष्ठलाई एसईएसियाले सो पुरस्कार प्रदान गरेको थियो ।

अवार्ड ग्रहण पछि यसबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताइन् । ‘नेपालको आथिर्क तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ,’ उनले भनिन्, ‘यसले आगामी दिनमा सिंगापुरबाट अरु नेपालीलाई पनि अवार्ड प्राप्त गर्ने बाटो खुलेको छ ।’

बैंकर श्रेष्ठले यसअघि गत भदौ २१ गते पनि मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी थिइन । अवार्ड विजेता श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडमा नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर छिन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL