Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग



काठमाडौं । सिटिजन्स बैंकले विरेन्द्रनगर सुर्खेतस्थित कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संगको सहकार्यमा उक्त शैक्षिक सामग्रीहरु प्रदान गरेको हो ।

विद्यालयमा आयोजित एक समारोहबीच बैंकले सहयोग स्वरुप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरु प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्