Logo

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता, बैंकका ग्राहकलाई डेन्टलमा विशेष छुट

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता, बैंकका ग्राहकलाई डेन्टलमा विशेष छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडि सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मूख्य कार्यालय तथा नारायणगढर बुटवलमा रहेका शाखा कार्यालयहरुबाट सेवा लिदा १०%, विशेष डेन्टल सेवाहरूमा ७ %, सामान्य सेवाहरूमा १०%, क्लिनिकल प्याथोलोजीमा १५% छुट र साथै पहिलो भिजिटमा निशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL