Logo

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । प्रभु बैंक र न्यूरो कार्डीयो एण्ड मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक कर्मचारीहरुलाई बिराटनगर–८,मोरङस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले अन्तरङ तथा बहिरङ सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान,न्यूरोसर्जरी,न्यूरोआईसियू,अर्थोप्याडिकसर्जरी,एमआरआई,प्रसुतितथा स्त्री रोग,क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

laxmi

एक समारोहका बिच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमूख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणाली द्घारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयरहोल्डरलाई १०∞ र प्रभु बैंकका कर्मचारीहरुलाई १५∞ सम्मको छुट व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL