Logo

सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित

सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । केन्द्रिय बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो ।

laxmi

केन्द्रिय बैंकले गत आर्थिक बर्षभरी सर्वाधिक २१.१ प्रतिशत रेमिटेन्स भित्र्याएको भन्दै ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । यस्तै हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत रेमिटेन्स भित्र्याएकामा सम्मान गरिएको हो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाबाहेक आएको कुल रेमिटेन्समध्ये २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउने आइएमईलाई पनि सम्मान गरिएको छ। कम्पनीले १४.९ प्रतिशत रेमिटेन्स भित्र्याउने सिटी एक्सप्रेसले र १२.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएका छन् ।

यस्तै राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा संचालक कम्पनी इसेवा र भुक्तानी प्रणाली सेवा प्रदायक खल्तीलाई पनि धेरै रेमिट्यान्स भित्र्याएको भन्दै सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL