Logo

सिटिजन्स बैंक १८औँ वर्षमा, स्मार्ट बचत खातामा आकर्षक सुविधा

सिटिजन्स बैंक १८औँ वर्षमा, स्मार्ट बचत खातामा आकर्षक सुविधा



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरूमाझ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक आज शुक्रबारदेखि १८ औँ वर्षमा प्रवेश गरेको हो ।

laxmi

यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १७ लाख २४ हजारलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । सातवटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरू मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब रु १ खर्व ८४ अर्ब रहेकोमा कर्जा तर्फ रु १ खर्व ५६ अर्ब रहेको छ र यसै अवधिमा बैंकले करिब रु १ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा आज बिहानै सातवटै प्रदेशमा करिब १०५३ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्मभए पनि पुरायोस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी सँगको सहकार्यमा सातवटै प्रदेशका कूल २५ शाखाहरूबाट करिब ६८४ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । साथै यसै अवसरमा मधेस प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । शिविरमा करिब ३०० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथै आवश्यक औषधीहरू समेत निःशुल्क प्राप्त गरेका छन् ।

साथै सिटिजन्स बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरी आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ । अब ग्राहकहरुले यो योजना अन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले बचत सम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरता सम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औँ वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ । गा्रहकहरुको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप ६ वटा शाखाहरु बाट प्रिभिलेज काउन्टरको समेत सुरुवात गरको छ । काठमाडौं उपत्यका भित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यका बाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ । साथै १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मूख्य प्रायोजनमा १० औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही वैशाख ०९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL