Logo

नबिल बैंकको नाफा ४ अर्ब ६६ करोड, वितरणयोग्य नाफा १ अर्ब ५४ करोड

नबिल बैंकको नाफा ४ अर्ब ६६ करोड, वितरणयोग्य नाफा १ अर्ब ५४ करोड



काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

laxmi

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधि १२ अर्ब १० करोड ११ लाख रुपैयाँ थियो ।

बैंकको इम्पेरिमेन्ट चार्ज २.८७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको उक्त चार्ज ३ अर्ब ३३ करोडबाट घटेर ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ । बैंकको नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ २१ पैसाबाट घटेर २३ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL