Logo

कुमारी बैंकको “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” अफर, आइफोन १५ जित्ने मौका

कुमारी बैंकको “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” अफर, आइफोन १५ जित्ने मौका



काठमाडौं । कुमारी बैंकले “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान शुरु गरेको हो ।

laxmi

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी पाँच सय रुपैयाँको टपअप र कुनैपनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नेछन् । यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL