Logo

गरिमा विकास बैंकका सिइओ उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण, ढकालको विदाई

गरिमा विकास बैंकका सिइओ उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण, ढकालको विदाई



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शनिवार प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियता सपथ ग्रहण गराएको छ । साथै, निवार्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई गरिएको छ । सपथ ग्रहण कार्यक्रम काठमाण्डौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी सम्पन्न गरेको छ ।

laxmi

उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पुर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएको थियो । विकास बैंकको मिति २०८० चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले विकास बैंकलाई यो उचाईसम्म पु¥याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्नुहुदै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL