Logo

सफलतापूर्वक २ कार्यकाल पुरा गरेर वाणिज्य बैंकबाट बाहिरिए किरण श्रेष्ठ, कामुको जिम्मेवारी खनाललाई

सफलतापूर्वक २ कार्यकाल पुरा गरेर वाणिज्य बैंकबाट बाहिरिए किरण श्रेष्ठ, कामुको जिम्मेवारी खनाललाई



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ अवकाश भएका छन् । वाणिज्य बैंकमा आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि उनी बैंक सेवाबाट निवृत्त(अवकाश) भएका हुन् ।

laxmi

उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम(कामु) को जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL