Logo

भुक्तानी सन्तुलन सवा ३ खर्बले बचतमा, विदेशी मुद्रा सञ्चिती पौने १९ खर्ब नजिक

भुक्तानी सन्तुलन सवा ३ खर्बले बचतमा, विदेशी मुद्रा सञ्चिती पौने १९ खर्ब नजिक



काठमाडौं । बढ्दो रेमिटान्स आप्रबाह र आयातमा संकुच आउँदा शोधनान्तर स्थितीमा उच्च सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांक अनुसार शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्बले मात्र बचतमा रहेको थियो ।
यसैगरी समीक्षा अवधिमा चालु खाता पनि १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ६३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी१ अर्ब १७ करोडले धनात्मक रहेको थियो ।
यसैगरी सो अबधिमा कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा सरकारसँग कुल विदेशी मुद्रा संञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ मात्र रहेको थियो । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

laxmi

यसैगरी आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL