Logo

ग्लोबल आइएमई बैंक र अलोइबीच सम्झौता, ग्रिन फाइनान्सिङ प्रर्वद्धन गर्ने

ग्लोबल आइएमई बैंक र अलोइबीच सम्झौता, ग्रिन फाइनान्सिङ प्रर्वद्धन गर्ने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

laxmi

उक्त समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकि सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL