Logo

गरिमा विकास बैंकद्वारा ग्लोबल मनि वीकमा विभिन्न कार्यक्रमहरु संचालन, वित्तीय साक्षरता अभिबृद्धि

गरिमा विकास बैंकद्वारा ग्लोबल मनि वीकमा विभिन्न कार्यक्रमहरु संचालन, वित्तीय साक्षरता अभिबृद्धि



काठमाडौं । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनि वीकको १२औं शृङ्खला ग्लोबल मनि वीक २०२४ गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाएको छ ।

laxmi

‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाईएको यस कार्यक्रममा गरिमा विकास बैंकले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसँगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।

विकास बैंकले काठमाडौं उपत्यकको हात्तीगौंडा, नयाँ बानेश्वरसँगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन भ्रमण गराउनूका साथै बाराको सिमरा, सुर्खेतको बिरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ ।

उल्लेखित कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यस विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आईरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीयम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL