Logo

सेयर मार्केट एण्ड फाइनान्सको संयोजकमा ६ जनाको आवेदन, को–को छन ?

सेयर मार्केट एण्ड फाइनान्सको संयोजकमा ६ जनाको आवेदन, को–को छन ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संयोजक पदका लागि ६ जनाले आवेदन दिएका छन ।

laxmi

कम्पनीको संयोजक बन्नको लागि मुक्ति शंखर श्रेष्ठ, प्रकाश घिमिरे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी, गोबिन्द प्रशाद शर्मा र तारानाथ पाण्डेले आवेदन दिएका हुन ।

राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि खुला गरेको संयोजक पदको विज्ञापनमा आवेदन दिने मंगलबार, चैत १३ गते अन्तिम दिन थियो ।

यसअघि फागुन १४ मा कम्पनी सञ्चालनका लागि दुई व्यक्ति सम्मिलित व्यवस्थापन समितिको आवेदन खुला गरिएको थियो । तर राष्ट्र बैंकले तोकेको योग्यताअनुसार संयोजक पदमा आवेदन नपरेपछि चैत ७ गते पुनः आवेदन आह्वान गरिएको हो ।

राष्ट्र बैंकले उक्त पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा स्नातोकत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । साथै, बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त बैंकिङ विज्ञ रहेको व्यक्तिहरुले व्यवस्थापन संयोजक पदमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

व्यवस्थापक संयोजकको सेवा अवधि १ वर्ष रहेको र कार्य अवधि समाप्त भएपछि पनि कार्यप्रगतिका आधारमा ६÷६ महिना गरी २ पटकका लागि म्याद थप्न सकिने व्यवस्था छ । मासिक तलब करबाहेक १ लाख २६ हजार ३ सय रुपैयाँ तोकिएको छ । दसैं भत्ताबापत १ महिनाको पारिश्रमिक दिइने उल्लेख छ । ३५ पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL