Logo

ग्लोबल आइएमईका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम, १४ हजार बढीको सहभागिता

ग्लोबल आइएमईका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम, १४ हजार बढीको सहभागिता



काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका १ सय ११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी उक्त कार्यक्रम संचालन गरेको हो ।

laxmi

बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ३ सय ५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL