Logo

कुमारी बैंकको वित्तीय साक्षरता अभियान, भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

कुमारी बैंकको वित्तीय साक्षरता अभियान, भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक



काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको छ । बैंकले आफ्नो वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चाल्ने उद्धेश्यले उक्त सामग्रीहरु सार्वजनिक गरेको हो । उक्त सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार सार्वजनिक गरिएको हो ।

laxmi

बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ । बैंकले भिडीयो श्रृंखला र पुस्तक मार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको छ ।

उक्त भिडीयो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरुलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने देखिन्छ ।

भिडीयो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ भने उहाँहरुको संलग्नताले ‘वित्तिय साक्षरता अभियान’ रचनात्मक बनाएको छ ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सो कदम चलेको हो भनेर बताएका थिए । यस पुस्तक र भिडीयो श्रृंखलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तिकरण गर्न टेवा पुर्याउने छ भन्ने उनको आशय थियो । उनले यो भिडियो श्रृंखला र पुस्तक कुमारी बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने कुरा पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL