Logo

नेपाल बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम, विधार्थीहरु लाभान्वित

नेपाल बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम, विधार्थीहरु लाभान्वित



काठमाडौं। नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगरले मङ्गलबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय संस्था आर्थिक सहकार्य तथा विकास सङ्गठन ‘ओईसीडी’ को युवा लक्षित कार्यक्रम अन्तर्गत ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।

laxmi

‘ग्लोबल मनि विक(२०२४’ को १२ संस्करण अन्तर्गतको सो कार्यक्रम विराटनगरको ईडेनबर्ग ईन्टरनेशनल कलेजका बिबिए र बिपिएचका १०६ भन्दा बढी विद्यार्थीहरू लाभान्वित भए ।

हरेक वर्षको मार्चमा ६ देखि ११ सम्म कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रम युवा लक्षित रहेको र विश्वको १७६ देशहरू यस कार्यक्रममा सहभागी रहँदै आएका छन् ।

सो अवसरमा युवाहरूमा बैंकिङ बानीको बिकास, डिजिटल बैंकिङ, अर्थतन्त्र, क्युआर तथा नगदरहित बैंकिङको आवश्यकता र अर्थतन्त्रबिचको अन्तर सम्बन्धबारे बैंकका सहायक प्रबन्धक शिव श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा शाखाका उपप्रबन्धक निलम खरेल, रञ्जन ठाकुर तथा करिष्मा कोइराला लगायतका कर्मचारीसमेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL