Logo

हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण, हात्तीगौंडामा सेवा विस्तार

हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण, हात्तीगौंडामा सेवा विस्तार



काठमाडौं । हिमालयन बैंक लिमिटेडको एक शाखा स्थानान्तरण गरिएको छ । यस बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरूमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ नपा वडा नं. ८ हात्तीगौंडामा सेवा विस्तार गरिएको हो ।

laxmi

आइतबार बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् । बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले १७४ कूल शाखा सङ्ख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६ हजार ५ सयभन्दा बढी पीएसओ टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरू सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL