Logo

सेन्चुरी बैंकमा ऋण हिनामिना प्रकरण : यी हुन् तत्कालिन सीईओ गौतमसहित पक्राउ पर्ने ११ जना

सेन्चुरी बैंकमा ऋण हिनामिना प्रकरण : यी हुन् तत्कालिन सीईओ गौतमसहित पक्राउ पर्ने ११ जना



काठमाडौं । तत्कालिन सेन्चुरी कमर्शियल बैंकमा हुँदा कर्जा प्रवाह हिनामिना गरेपछि केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रभु बैंकका बरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने, सेन्चुरी कमर्शीयल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायत पक्राउ परेका छन् ।

laxmi

तत्कालिन समयमा ऋण हिनामिना गरेपछि सेन्चुरी कमर्शीयल बैंकका तत्कालिन कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पनि पक्राउ गरिएको सीआइबीले जानकारी दिएको छ ।

सीआइबीका अनुसार यसअघि सहकारी विभागले सेन्चुरी कमर्शीयल बैंकको ऋण घोटालाको छानविन गरिदिन सीआइबीलाई अनुरोध गरेको थियो । सोही अनुसार सीआइबीले तत्कालिन सेन्चुरी कमर्शीयल बैंकका ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

पक्राउ पर्नेमा बैंकका तत्कालिन कर्मचारीहरु सबिन श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ र सुभास श्रेष्ठ पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL