Logo

लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई सहयोग रकम हस्तान्तरण

लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई सहयोग रकम हस्तान्तरण



काठमाडौं । लुम्बिनी विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई “माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण” खरिद गर्न १७ लाख ३६ हजार रुपैंया सहयोग हस्तान्तरण गरेको छ ।

laxmi

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुबिधाका लागि आउने आँखाका बिरामीहरुलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गर्न गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताए ।

उक्त कार्यक्रममा बैंकका कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल, शाखा प्रमुख लगायत अस्पतालको तर्फबाट पनि विभिन्न पदाधिकारीहरुको उपस्थिती रहको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिंदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL