Logo

लक्ष्मी सनराइज बैंकद्वारा ई–कमर्स अक्वायरिङ सेवा सुरु, सेवाग्राहीलाई सहज

लक्ष्मी सनराइज बैंकद्वारा ई–कमर्स अक्वायरिङ सेवा सुरु, सेवाग्राहीलाई सहज



काठमाडौं । लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक बन्दै यो सेवा नेप्स र भिजाको सहायक संस्था साइृबर सोर्ससंगको सहकार्यमा विकास गरिएको हो ।

laxmi

सेवाको संचालनपश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई(कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् । ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्दछ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL